२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले विकास निर्माणका आयोजनालाई समयमै अगाडि बढाउन टेन्डर प्रक्रियामा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १ साउनदेखि बजेट लागु हुने स्मरण गरे ।
‘अब साउन १ गते विकासका आयोजनाको कति टेन्डर निस्कँदैछ ? हामी हेरिराखेका छौं, हामी नियालीराखेका छौं’ उनले भने ।
साउन १ गते गोरखापत्रमा धेरै टेण्डका सूचना आउने आशा रहेको उनले बताए ।
‘त्यो दिन हामी प्रतिक्षा गरिराखेका छौं, गोरखापत्रको पुरै पेज टेन्डरले भरिनेछ । अझ गोरखापत्रको पेजले पुग्दैन । थप गर्नुपर्छ भनेर हामी बसिराखेका छौं ।’
यसो भयो भने पूँजीगत खर्च गर्न सकिने उनले बताए । पुजीगत खर्च फेरि ४० प्रतिशतमै सीमित भयो भने जनताको अगाडि मुख देखाउन नसकिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4