Comments Add Comment

माधव नेपालको निवासमा देउवा र प्रचण्ड

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ ।

भेटवार्ताका लागि कांग्रेस सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । देउवा पुगेको केही समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि नेपाल निवासमा पुगेका थिए ।

नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा भएको छ । साथै आफूहरुको गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभई राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न भएको नेताहरुले बताएका छन् ।

अदालतमा विचाराधीन मुद्धालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे पनि नेताहरुबीच छलफल भएको छ । अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न र राज्यका कतिपय अंग र केही संबैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका, निष्पक्ष र समयमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराउने समझदारी नेताहरूबीच भएको स्रोतले बताएको छ ।

नेताहरुबीच तत्काल सबैलाई पुग्ने गरी कोरोना खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन सरकारसँग माग गर्ने सहमति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment