Comments Add Comment

निर्वाचन क्षेत्रमा बजेट बढाउन माग गर्दै प्रदेश-२ को प्रदेशसभा अवरुद्ध

१ असार, जनकपुरधाम । निर्वाचन क्षेत्रमा विकासका लागि सांसदलाई दिइँदै आएको बजेट बढाउनुपर्ने माग गर्दै प्रदेश २ का विपक्षी दलका सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।

मंगलबार बजेट प्रस्तुतिपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक शुरु हुँदा विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका हुन् ।

मंगलबारको दोस्रो बैठक शुरु भए लगत्तै नेकपा एमालेका सांसद सुन्दर बहादुर विकले सरकारी बजेट फ्रिज भइरहेको र सांसदको निर्वाचन क्षेत्र विकासका लागि दिइएको बजेटले पूरा काम भइरहेको बताए ।

उनले यसबारेमा यसअघि नै सरकारसँग आग्रह गर्दै ध्यानाकर्षण गराएपनि निर्वाचन क्षेत्र विकासका लागि बजेट नबढाइएको बताए ।

सांसद विकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई २ करोड ५० लाख उपलब्ध गराउन माग गरे ।

विकले राखेको प्रस्तावमा माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले पनि समर्थन जनाएका थिए ।

विपक्षी दलका सांसदहरुले यो माग राख्दै उभिरहेपछि सभामुख सरोज कुमार यादवले केहि बेरका लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment