+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

एमबीबीएस अध्यापनको सिट : कर्णालीले पायो २०, महाराजगञ्जलाई १०० (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते २०:५७

३१ जेठ, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस कार्यक्रमका लागि सिट तोकेको छ, जसमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २० पाएको छ ।

यस्तै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजले १०० सिट पाएको छ ।

महाराजगञ्जले ४३ वर्षपछि १०० सिट पाएको हो । यसअघि ७० सिटमा एमबीबीएस अध्यापनको अनुमति पाएको थियो भने अघिल्लो शैक्षिक सत्रमा ७९ सिटमा ।

चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले एबीबीएसका साथै बिडिएसलगायतका चिकित्सा शास्त्रका शैक्षिक कार्यक्रमको सिट तोकेको छ । एमबीबीएसतर्फ १ हजार ८३५ सिट तथा बीडीएसतर्फ ५५५ सिटमा विभिन्न मेडिकल कलेजलाई छुट्याएको छ ।

एमबीबीएस पढाउनका लागि अधिकांश मेडिकल कलेजहरुले सय सिट पाएका छन् । जसमध्‍ये बिराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेशनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, महाराजगञ्ज मेडिकल क्‍याम्पस, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स, केयू स्कुल अफ मेडिकल कलेज, किष्ट मेडिकल कलेज, मणिपाल मेडिकल साइन्सेज, गण्डकी मेडिकल कलेज, नेपालगण्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, युनिसर्ल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?