Comments Add Comment

इन्गेजमेन्ट गरेको २ महिनापछि सुपुष्पाले गरिन् बिहे

नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेकी नायिका सुपुष्पा भट्ट बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, आफ्ना प्रेमी रौनक विक्रम कँडेलसँग शुक्रबार बिबाह गरेकी हुन् । उनीहरुको बिबाह, काठमाडौंको गोकर्ण रिसोर्टमा भएको थियो ।

उनीहरुको बिहेमा आफन्त, परिवार र केही चलचित्रकर्मी मात्र उपस्थित थिए । रौनक र सुपुष्पा विगत एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले वैशाखको १५ गते बिहे गरेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा ‘रणवीर’बाट प्रवेश गरेकी सुपुष्पाले ‘छ माया छपक्कै र चपली हाइट ३’ नामक चलचित्रमा काम गरेकी छिन् । यस्तै, निर्माता रौनक विक्रम कँडेलले भने चलचित्र ‘कबड्डी र मिस्टर झोले’मा लगानी गरेका छन् ।

चलचित्र क्षेत्रमा उदाउँदै गरेकी सुपुष्पाको बिहे पछि यो क्षेत्रमा करिअर कुन मोडमा जाने हो, त्यो भोलीको दिनमा थाहा हुनेछ । तर, ३ वटा चलचित्रमा अभिनय गर्दा पनि सुपुष्पाले आशातित सफलता भने पाएकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘संवेदनाहीन मेयर’

Advertisment