Comments Add Comment

सर्वोच्चको फैसला बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत : महासचिव पोखरेल

२८ असार, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसला बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलामा एमालेको स्पष्ट विमति रहेको उनको भनाइ छ ।

सर्वोच्चको आदेशबारे सोमबार पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव पोखरेलले सर्वोच्चको आदेशले बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत लोकतन्त्रमा आघात पु¥याउने काम गरेको टिप्पणी गरे । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई एमालेले ‘बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत’ र शक्तिपृथकीकरणको सिद्धान्तको खिलापको रुपमा बुझेको उनले बताए ।

‘यो बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत भएको फैसला भन्ने मलाई लाग्छ । सरकार गठन गर्ने कुरा संसदभित्रको बिजनेस हो,’ उनले भने,‘ संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बिजनेस हो । सम्मानित राष्ट्रपति संस्थाले त्यसलाई औपचारिकता दिने हो । यो दुवै कुराहरुको खिलापमा छ आजको फैसला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment