+
+
Shares

राष्ट्रपतिको भाइरल तस्वीरको वास्तविकता

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १९:३०

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि मंगलबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकको एउटा तस्वीर बुधबार सामाजिक सञ्जालमा भाइरल छ ।

राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रोशन सापकोटाले खिचेको मन्त्रिपरिषद् बैठककक्षको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरमा पट्टी लगाएको जस्तो देखिन्छ । देउवालाई प्रधानमन्त्री नियुक्ति गर्दा राष्ट्रपति कार्यालयले प्रयोग गरेको भाषाका कारण विवाद भइरहेका बेला राष्ट्रपतिको आँखा छोपिएको देखिने तस्वीर सार्वजनिक भएको थियो ।

यही विषयलाई लिएर पूर्वमन्त्री लालबाबु पण्डितले फेसबुकमा फोटो शेयर गर्दै लेखेका छन्, ‘नयाँ सरकारको पहिलो अपराध गणतन्त्रको मजाक ।’ तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालले बाहिर सार्वजनिक भएजस्तो त्रुटि नभएको अनलाइनखबरलाई बताए ।

मन्त्रालयका एक उपसचिवका अनुसार सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि कर्मचारीहरु मन्त्रिपरिषद् बैठक बसेको कोठामा गएर फेरि तस्वीर हेरे । तर राष्ट्रपति भण्डारीको तस्वीर भएको फ्रेम जस्ताको तस्तै थियो । ‘तर तस्वीर खिचेर हेर्दा चाहिँ पट्टी लगाएजस्तो आयो’ उनले भने, ‘कोठामा राखिएको लाइट (बत्ती) का कारण त्यस्तो भएको रहेछ ।’

उनले बुधबार दिउँसो खिचिएको कोठाको अर्को तस्वीर पनि पठाए, जसमा पनि भण्डारीको फोटो फ्रेममा पट्टी बाँधिएको जस्तै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?