Comments Add Comment

संसद् सचिवालयमा खोसेको राजीनामा पत्र बानेश्वरमा भीम रावलले पढिदिए

३ साउन, काठमाडौं । नेकपा एमालेको एकता जोगाउन कार्यदलमार्फत् जुटाएको दशबुँदे सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपाल असहमत भएपछि उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएका छन् ।

कार्यदलमा रहेका नेताहरुले नेता नेपालको निवास कोटेश्वर पुगेर दश बुँदे सहमतिमा उभिएर एकता जोगाउन आग्रह गरेका थिए । तर माधव नेपाल सहमत भएनन् । ‘उहाँ (माधव नेपाल)ले कुनै प्रतिक्रिया दिनुभएन, तर हामीले एकता जोगाउन दश बुँदेकै जगमा अगाडि बढ्नुपर्छ भन्यौं’, एमाले सचिव गोकर्ण विष्टले भने ।

आफूहरुले गरेको सहमति स्वीकार गर्न माधव नेपाल तयार नभएपछि रावलले राजीनामा दिने बताएका थिए । रावलको राजीनामा रोक्न माधव समूहका नेताहरु लागिपरे । उपाध्यक्ष रावल संसद् सचिवालयमा राजीनामा बुझाउन जाने भएपछि त्यसअगाडि नै नेताहरु राजीनामा रोक्न पुगेका थिए ।

त्यहाँ उपाध्यक्ष रावलले बुझाएको राजीनामा पत्र सांसद झपट रावलले थुतेर लगेका थिए । ‘त्यहाँ त राजीनामा दिन हामीले रोक्यौं, तर उहाँ रोकिनु भएन’, एक नेताले भने ।

संसद् सचिवालयबाट निस्किएर सभामुखलाई राजीनामा बुझाउन जाने क्रममा पत्रकारहरुसँग रावलले राजीनामा घोषणा गरे । राजीनामा पत्र पढ्ने क्रममा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए । तर रावल सहमत भएनन् ।

राजीनामा पत्र वाचन पढेर सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment