Comments Add Comment

उदिपसँग म्यूजिक भिडियो खेल्ने आँचलको चाहना

नायिका आँचल शर्मा म्यूजिक भिडियोमा काम गर्दै चलचित्रमा आएकी हुन् । उनको करिअर अहिले पनि चलचित्र भन्दा म्यूजिक भिडियोमा नै सफल मानिन्छ । आँचलले अभिनय गरेका म्यूजिक भिडियोलाई दर्शकले रुचाएका पनि छन् ।भिडियोमा थुप्रै मोडलसँग काम गरेकी आँचल आफ्ना श्रीमान् उदिप श्रेष्ठसँग एउटा भिडियोमा भएपनि काम गर्ने रहर रहेको बताउँछिन् ।

हिमालय टीभी एचडीबाट प्रशारण हुने कार्यक्रम ‘जीवनसाथी’मा कार्यक्रम संचालिकमा माल्भिका सुब्बासँग कुरा गर्दै आँचलले आफूलाई उदिपसँग एउटा भिडियो खेल्न मन लागेको खुलाएकी छिन् । आँचल भन्छिन्–‘उदिपजीसँग एउटा भिडियोमा काम गर्ने रहर छ । मलाई लाग्छ यो हाम्रो जीवनका लागि पनि एउटा यादगर पल हुनेछ ।’ तर, अहिलेसम्म उदिप भने आँचलको यो प्रस्तावमा काम गर्न तयार भने छैनन् ।

उदिपले आफूलाई अभिनय गर्न खासै नआउने बताए । उदिप र आँचल एकसाथ चलचित्र निर्माण भने गर्न चाहेको बताउँछन् ।

डेढ बर्ष अगाडि बिहे गरेका आँचल र उदिपले परिवारसँग कुरा गरेपछि मात्र बिहेको निर्णय लिएको बताए । यो बिषयमा आँचलले भनिन्–‘मैले उदिपजीलाई हाम्रो सम्बन्ध लामो समयसम्म अगाडि बढ्ने हो भने मात्र सम्बन्धलाई अगाडि बढाऔं, नत्र समय वर्वाद हुन्छ भनेको थिएँ । दुबैको परिवारले सहमती जनाएपछि हामी गम्भिर रुपले सम्बन्धमा अगाडि बढेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment