+
+
Shares

युट्युबमा आयो ‘झिँगेदाउ’, दोस्रो श्रृंखलाको गीतमा केकी-आँचलको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘झिँगेदाउ’ शुक्रबारदेखि युट्युबमा रिलिज भएको छ र समाचार लेख्दासम्म यसलाई २१ लाख पटक हेरिएको छ ।
  • २ असोजदेखि हलमा आउँदै गरेको ‘झिँगेदाउ’ को दोस्रो श्रृंखलाअघि पहिलो भाग युट्युबमा रिलिज गरिएको हो ।
  • ‘झिँगेदाउ २’ का लागि तीज लक्षित शीर्ष गीतको छायांकन गरिएको छ, जसमा केकी अधिकारी र आँचल शर्माले नाचेका छन् ।

काठमाडौं । फिल्म ‘झिँगेदाउ’ शुक्रबारदेखि युट्युबमा रिलिज भएको छ । यो समाचार लेख्दासम्म फिल्मलाई २१ लाख पटक हेरिएको छ । यो फिल्म बक्सअफिस हिट समेत हो ।

२ असोजदेखि हलमा आउँदै गरेको फिल्मको दोस्रो श्रृंखलाअघि पहिलो भागलाई युट्युब प्लाटफर्ममा रिलिज गरिएको हो ।

यसैबीच, फिल्मको ‘झिँगेदाउ २’को एक गीतको छायांकन गरिएको छ । तीज पर्वलाई लक्षित गर्दै छायांकन गरिएको शीर्ष गीतमा केकी अधिकारी र आँचल शर्माले छमछमी नाचेका छन् ।

रातो सारी लगाएर दुई अभिनेत्री मादल मात्र बजाएका छैनन्, नोकझोंक पनि गरेका छन् । कथानुसार जेठानी-देउरानीको झगडालाई प्रस्तुत गरिएको छ ।

यस गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर छ । यो गीत भदौको १० गते सार्वजनिक हुनेछ । गीतमा रामजी लामिछानेको नृत्य निर्देशन छ ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपाल प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?