+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रम अब आईएसएमटी कलेजमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते १५:२१

काठमाडौं । बेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेजमा सञ्चालन हुने भएको छ । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यो कलेजले अब सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न लागको हो ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटीले जनाएको छ ।

बेलायतका प्रमुख शहरहरूलगायत हङकङमा समेत सन्डरल्यान्ड विश्वविद्यालयको आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन्डरल्यान्ड विश्वविद्यालय बेलायतको नयाँ विश्वविद्यालयमध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।

सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडन्ट्स एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ र्‍यांकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो । सोही विश्वविद्यालयको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने आईएसएमटीले जनाएको छ ।

आईएसएमटी कलेज यूनिभर्सिटी अफ सन्डरल्यान्डबाट संबन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्थासमेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?