
६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । तीमध्ये ९ हजार ६३७ जनाको मृत्यु भएको छ भने ६ लाख ३६ हजार ४०२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेका छन् । जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२७ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
१० वर्ष मुनिका ६२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९०, कास्कीमा १८५, झापामा १७०, चितवनमा १६३ ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ७९, सुनसरीमा ५२, तनहुँमा ४७, रुपन्देहीमा ४१, मकवानपुरमा ३५ र पाल्पामा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै बागलुङमा २९ , जुम्लामा २७, कैलालीमा २६, काभ्रे र दाङमा २५/२५ जना, मोरङमा २१, धादिङ, सिन्धुपाल्चोक र नवलपरासी पूर्वमा १९/१९ जना, दोलखा र कञ्चनपुरमा १८/१८ जना, धनकुटा र बर्दियामा १६/१६ जना, नुवाकोटमा १५, लमजुङ र स्याङजामा १४/१४ जना, म्याग्दी र गुल्मीमा १३/१३ जना र रसुवामा ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4