
८ साउन, जनकपुरधाम । महोत्तरीमा बिरामी भएर उपचार गराउन अस्पताल जाँदै गरेकी एक महिलाको दुर्घटनामा परी मृत्यु भएको छ ।
उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामतर्फ जाँदै गरेकी लोहारपट्टी नगरपालिका–२ बस्ने ४५ वर्षीया रामबासी देवीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी भएकी उनी उपचारका लागि आशाराम दासले चलाएको ज १० प ८८७४ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ लैजाँदै गर्दा लोहारपट्टी नगरपालिका–२ स्थित बिगही पुल नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारकै क्रममा मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए । मोटरसाइकल चालक फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4