Comments Add Comment

‘म फिल्मको स्टार हुँ, फिल्म मात्र खेल्छु भन्ने अवस्था छैन’: करिश्मा मानन्धर

नायिका करिश्मा मानन्धरले अहिलको अवस्थामा म चलचित्रको स्टार हुँ भनेर बस्ने अवस्था नभएको बताएकी छिन् । अनलाइनखबरसँगको कुराकानीमा करिश्माले भनिन्–‘कतिपयले मलाई म्यूजिक भिडियो किन खेलेको भनेर भन्नुहुन्छ । तर, म चलचित्रको स्टार हुँ, चलचित्र मात्र खेल्नुपर्छ । मलाई मानिसहरुले हलमा मात्र हेर्ने हो भनेर बस्ने अवस्था अहिले छैन । म्यूजिकमा त्यस्तो कमजोरी के छ र ? अहिले ओटीटी प्लेटफर्ममा कती राम्रा चलचित्र आएका छन् । ती, चलचित्रमा स्टार कलाकारले काम गरेका छन् । मुख्यकुरा दर्शकमाझ पुग्नुपर्छ हामी । गीतसंगीतले पनि दर्शकमाझ हामीलाई पुर्याइरहेका छन् ।’

करिश्माले पछिल्लो समय म्यूजिकविनाका चलचित्र पनि बन्न थालेको तर्क गरेकी छिन् । उनले भनिन्–‘म्युजिकको सम्बन्ध जीवनसँग छ । आखिर, एउटै भिडियोमा करोडौं भ्यूज किन आउँछ भन्दा मानिसले मन पराएर त हो । चलचित्रले पुर्याउन नसकेका दर्शकसम्म हामी भिडियोको माध्यमबाट पनि पुगेका छौं । अहिले चलचित्र ठूलो, भिडियो सानो भनेर बस्ने अवस्था नै छैन । जसले जे गर्दा पनि हुन्छ र राम्रो गर्नुपर्छ ।’

नायिका करिश्मा मानन्धरको अभिनय लकडाउनपछि निर्माण भएका केही म्यूजिक भिडियोमा दर्शकले हेर्न पाएका छन् । करिश्माले राजेश हमाल, हरिवंश आचार्यदेखि पल शाह, केकी अधिकारी लगायतका कलाकारसँग भिडियोमा काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment