+
+

एमाले समाजवादी दर्ताका लागि माधव नेपालले दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १८:३६

२ भदौ, काठमाडौं । नेकपा एमाले विभाजन गरेको माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।

नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिएका हुन् । एमालेमा केपी ओलीले गरेको व्यवहार, दुईदुई पटक संसद भंग गरेको तर, गल्ती स्वीकार नगरेको तथा संसद र संविधानका रक्षाका लागि पार्टी एकताको आवाज उठाएपनि सुनुवाई नभएकाले नयाँ पार्टी बनाउने निर्णयमा पुगेको एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल स्वयंम छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको नेता पाण्डेले जानकारी दिए ।

एमाले समाजवादीमा नवौं महाधिवेशनदेखि नेपाल समूहमा रहेका स्थायी कमिटीका अधिकांश नेताहरु भने अटाएका छैनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले नेता नेपालको साथ छाडेका हुन् ।

नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगेका नेता राजेन्द्र पाण्डे भन्छन्, ‘भोलि उहाँहरु कहाँ हुनुहुन्छ, भोलिका दिनले देखाउँला । आज उहाँहरु हुनुहन्न ।’

माधव नेपालले नयाँ दल बनाए साथ दिन्छु भन्दै आएका उपाध्यक्ष बामदेव गौतम पनि छैनन् ।

छिट्टै राष्ट्रिय सम्मेलन गर्ने र क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने नेता पाण्डेले बताए । उनले एमालेकै अलमलिएर रहेका नेताहरुलाई चाँडै उमाले समाजवादीमा आउन समेत आहृवान गरे ।

नेता नेपालले भने कुनै प्रतिक्रिया दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?