+
+

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १९:२८

६ भदौ, काठमाडौं । विभिन्‍न छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्‍यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका-६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने रोल्पा नगरपालिका–२ धनमुढा निवासी ५५ वर्षीय पुरुषको ज्‍यान गएको छ ।

मृत्‍यु हुनेमा धनगढीमाई नगरपालिका-६ का १७ वर्षीय किशोर र रोल्पा नगरपालिका–२ धनमुढा निवासी ५५ वर्षीय खड्कबहादुर बुढा रहेका रहेका छन् ।

स१०प ४२४७ नंको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै रोल्पाको सदरमुकाम लिबाङबाट प्यूठान जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

मोटरसाइकल चालक गङ्गाराम डाँगी घाइते भएको प्रहरी बताएको छ । घाइते चालकलाई थप उपचारका लागि जिल्लाबाहिर पठाइएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?