Comments Add Comment

समान पेन्सनको माग गर्दै तीन भूपू ब्रिटिश गोर्खा सैनिकले शुरु गरे लण्डनमा भोक हड्ताल

२४ साउन, काठमाडौं । अवकाशप्राप्त अन्य बेलायती सैनिक सरह पेन्सन सुविधाको माग गर्दै तीन जना भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले लण्डनमा भोक हड्ताल शुरु गरेका छन् ।

ब्रिटिश गोर्खाका अवकाश प्राप्त सैनिक ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा घले रानाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निवास डाउनिङ स्ट्रिट अगाडि शनिबारबाट भोक हड्ताल शुरु गरेका हुन् । उनीहरुले भूपू ब्रिटिश गोर्खा सैनिकलाई अन्य अवकाशप्राप्त बेलायती सैनिक बराबरको पेन्सन सुविधाको माग राखेका छन् ।

शनिबार भोक हड्ताल शुरु हुनुअघि समान सेवा सुविधा दिनुपर्ने माग गर्दै भेला भएका व्यक्तिहरुले प्रदर्शन गरेका थिए । उनीहरुले ‘आयो गोर्खाली’, ‘गोर्खा सैनिकलाई समान अधिकार देऊ’जस्ता नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरुले आफूहरुले भूपू सैनिकको हक तथा अधिकारका साथै नेपालको अस्तित्वको लागि यो आन्दोलन शुरु गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment