
प्रतीकात्मक तस्वीर
२५ साउन, डोटी । डोटीको जोरायल गाउँपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । कैलाली घर भई जोरायलमा मामाघरमा बस्दै आएकी बालिकालाई बलात्कार गरेको आरोपमा जोरायल–४ का ३८ वर्षीय कर्णबहादुर बोहराविरुद्ध जाहेरी दर्ता भएको छ ।
बोहराले ती बालिकालाई ललाइफकाइ पटक–पटक बलात्कार गरेको परिवारको आरोप छ । पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय डोटीमा अभियुक्त बोहरा विरुद्ध किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए ।
बलात्कार आरोपी बोहरा फरार रहेको र खोजी कार्य शुरु गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4