Comments Add Comment

तरुण दलले मास्क प्रयोग अभियान चलाउने

सरकारी संयन्त्रसँग समन्वय गरेर काम गर्न जिल्ला कार्यसमितिलाई निर्देशन

२७ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला कार्यसमितिलाई कोरोना महामारी नियन्त्रणमा सरकारी संयन्त्रसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कोरोना महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसँग सहजीकरण गर्न ७७ वटै जिल्ला अध्यक्षलाई परिपत्र गरेका हुन् ।

तरुण दलले प्रत्येक जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउन सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउने जनाएको छ । त्यस्तै खोप केन्द्रसम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्रसम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकायसँग सहजीकरण गर्ने परिपत्रमा उल्लेख छ।

स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्न र जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई तत्काल उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्न तरुण दल अध्यक्ष बस्नेतले जिल्ला अध्यक्षहरुलाई भनेका छन् । कोरोना सम्बन्धी जनचेतना फैलाउन र महामारीमा हुन सक्ने कालाबजारी रोक्न प्रशासनलाई आग्रह गर्ने तरुण दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment