
काठमाडौं । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्ष-२०७७ को चाडपर्व योजनाका विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेको छ ।
‘यसपालिको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरुमध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटालाई कम्पनीले गाडीको साँचो हस्तान्त्रण गरेको हो ।
गत साउन ११ (जुलाई २६) गते हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत लक्की ड्र गर्दा कुपन नम्बर १४४५ का पौडेल र कुपन नम्बर १६१७ का सापकोटा बिजेता छनोट भएका थिए ।
कोभिड १९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजीवन नै अस्तव्यस्थ भएकोले गतवर्षको लक्की ड्र केही ढिला गरी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
साथै, भदौ २४ गते बिहीबारदेखि चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ ग्राहकमाझ प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको छ । यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै योजना पाउनेछन् ।
प्रतिक्रिया 4