
काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैं–तिहार लक्षित ‘फेस्टिभ डिलाइट २०८१’ योजना सार्वजनिक गरेको छ ।
हुन्डाईले ग्राहकलाई विगतका दसैं–तिहारमा पनि गाडीका साथै अन्य आकर्षक उपहार दिँदै आएको छ । यस वर्ष पनि एक जनाले ‘मेड इन नेपाल’ हुन्डाई भेन्यु लक्की ड्रमार्फत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजना अन्तर्गत कुनै पनि हुन्डाई गाडी खरिदमा १० लाखसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप १ लाखसम्म नगद छुट साथै एक वर्षको निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
११ भदौमा आयोजना हुन लागेको नाडा अटो शोमा बुकिङ गर्ने पनि यो योजनाबाट लाभान्वित हुनसक्ने कम्पनीले जनाएको छ । नाडा अटो शो २०२४मा हुन्डाईको ए२ स्टल भ्रमण गरेर ग्राहकले हुन्डाईका विभिन्न उत्पादन अवलोकन गरी आफ्ना जिज्ञासा पनि मेट्न सक्ने कम्पनीले जनाएको छ ।
सबैै हुन्डाई गाडीमा तीन वर्ष वारेन्टी र ६ वर्ष निःशुलक सर्भिसिङ उपलब्ध छ । फेस्टिभ योजना आगामी मंसिर २२ (छठ पर्व) सम्म लागु हुनेछ ।
त्यसैगरी हाल चलिरहेको ‘हुन्डाई टेस्ट ड्राइभ एन्ड विन’ क्याम्पेन अन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुमबाट हुन्डाई गाडीका लाइनअप मध्यबाट भर्खरै सार्वजनिक गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहार हात खाली नहुने गरी प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १६ शोरुम, १९ सर्भिस सेन्टर तथा ४३ भन्दा बढी चार्जिङ प्वाइन्ट मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया 4