+
+

हुन्डाई फेस्टिभ डिलाइट अफर विजेता इन्द्रप्रसादलाई हुन्डाई एक्स्टर कार हस्तान्तरण  

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १४:३९

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं-तिहारको अवसरमा सञ्चालन गरेको ‘हुन्डाई फेस्टिभ डिलाइट-२०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

३१ असारमा नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत सुनसरीका इन्द्रप्रसाद गुरागाईं बम्पर उपहार विजेता घोषणा भएको कम्पनीले जनाएको छ ।

बम्पर उपहार विजेता बनेका गुरागाईंलाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्स्टर कार हस्तान्तरण गरेका हुन् ।

उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडी खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत एक जना विजेतालाई हुन्डाई एक्स्टर जिने मौका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?