+
+

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनालाई जनसेवाश्री पदक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १५:१६

३ असोज, काठमाडौं । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सना जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले विभूषित गर्ने घोषणा गरेको सूचीमा उपभोक्ता अधिकारकर्मीको रुपमा उनको नाम समावेश छ । पछिल्लो १५ वर्षदेखि उपभोक्ता अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल रहेका तिमिल्सिना उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुन् ।

बजार मूल्य, गुणस्तर र अनुगमनमा पोख्त तिमिल्सिनाका पहलमा सुकेको परबर तरकारीलाई रङ्ग लगाएर हरियो बनाएको, जिरा मसलामा काठमाडौ धुलो हालेको, खसी भनेर बाख्राको मासु बिक्री गरेको, सिलिण्डरबाटै खाना पकाउने ग्यास चोरी गरिएको र चना जस्तै आकारमा ढुंगा बनाएर चना बिक्री गर्ने गरिएको जस्ता घटना उजागर भएको थियो । तीन वर्ष अघि कालीमाटीमा तरकारीको मूल्य अनुगमन गर्न जाँदा उनीसहितको टोलीलाई व्यवसायीले तीन घण्टा गोदाममा थुनेका थिए ।

२०६२/६३ साल देखि उपभोक्ता हितको क्षेत्रमा उपभोक्ता मञ्च नेपालमार्फत सक्रिय तिमिल्सिनाले २०६६ सालमा मञ्च छोडेर उपभोक्ता अधिकारबारे अनुसन्धान गर्ने उद्देश्यका साथ आफ्नै अध्यक्षतामा उपभोक्ता अधिकार अनुसन्धान मञ्च गठन गरेका थिए । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने एक दर्जन संघ संस्थाका नेतृत्वकर्तामध्ये तिमिल्सिना सबै भन्दा कान्छा अभियन्ता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?