+
+

कालो सूचीमा परेका ठेकदारलाई जनसेवाश्री पदक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १८:०८
हुमनाथ कोइरालाकै फेसबुकबाट

४ असोज, काठमाडौं । समयमै रासायनिक मल ल्याउन नसक्दा कारबाहीमा परेका कम्पनीका एक ठेकदारलाई सरकारले प्रबल जनसेवाश्री पदकमार्फत सम्मान गरेको पाइएको छ ।

सरकारले होनिको मल्टिपल प्रालिका सञ्चालक हुमनाथ कोइरालालाई निर्माण व्यवसायीको रुपमा विभूषित गर्ने निर्णय गरेको हो । उनको नाम जनसेवाश्री पदक पाउने समूहको १०८ नम्बरमा उल्लेख छ । कोइराला सत्तारुढ दल नेपाली कांग्रेस निकट निर्माण व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्षसमेत हुन् ।

कोइरालाको कम्पनीले गत वर्ष धान रोप्ने सिजनमा प्रयोग गर्न मिल्ने गरी २५ हजार मेट्रिक टन युरिया मल ल्याउने सम्झौता सरकारसँग गरेको थियो । तर समयमै मल ल्याउन नसकेपछि कृषि सामग्री कम्पनीले सम्झौता भंग गरेर धरौटी जफत गरेको थियो ।कारबाही फुकुवा नहुँदै सरकारले भने कोइरालालाई पदकमार्फत प्रोत्सहन गरेको छ ।

कृषि सामग्रीको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७७ फागुन २२ देखि २०७८ फागुन २१ सम्म होनिको मल्टिपल कम्पनीलाई कालो सूचीमा राखेको छ । कोइरालाको होनिको मल्टिपलले २५ हजार टन युरिया मल ल्याउन ९३ करोड २५ लाख भन्दा केही बढीको ठेक्का हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?