+
+
Shares

रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले ल्यायो हटलाइन नम्बर

मन्त्रालयले मलसम्बन्धी गुनासो, उजुरी तथा जानकारी संकलनका लागि ९७०००९९११३ नम्बर तोकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मल आपूर्तिमा हुने अनियमितता र कालोबजारी नियन्त्रण गर्न ९७०००९९११३ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको छ ।
  • किसानले बिहान ७ देखि बेलुका ७ बजेसम्म हटलाइन र क्यूआर कोडमार्फत मल अभाव तथा अनियमिततासम्बन्धी उजुरी दर्ता गर्न सक्नेछन् ।
  • धान रोपाइँको सिजनमा रासायनिक मलको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन मन्त्रालयले यो व्यवस्था लागू गरेको हो ।

४ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मल आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले मलसम्बन्धी गुनासो, उजुरी तथा जानकारी संकलनका लागि ९७०००९९११३ नम्बर तोकेको छ ।

उक्त नम्बरमा किसान तथा सरोकारवालाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सम्पर्क गरी मल अभाव, कालोबजारी, कृत्रिम अभाव सिर्जना, वितरणमा अनियमितता लगायत विषयमा जानकारी दिन सक्नेछन् ।

मलसम्बन्धी गुनासो व्यवस्थापन थप प्रभावकारी बनाउन मन्त्रालयले क्यूआर कोडमार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ । क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले सिधै आफ्नो गुनासो तथा सुझाव पठाउन सक्नेछन् ।

धान रोपाइँ मुख्य सिजनमा रासायनिक मलको माग बढ्ने भएकाले आपूर्ति तथा वितरण प्रणालील पारदर्शी र व्यवस्थित बनाउन यो व्यवस्था लागु गरिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?