
४ असोज, काठमाडौं । लैंगिक हिंसा निवारणमा प्रतिबद्धता गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाले परिपत्र गरेको छ ।
शाखा अधिकृत इन्दिरा आचार्यले मन्त्रालय र मन्त्रालय मातहतका सबै विभागहरु, सबै केन्द्रहरु र सबै संघीय अस्पतालहरुलाई परिपत्र गर्दै कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध सपथ खुवाउन अनुरोध गरेकी हुन् ।
शाखाले सपथ पत्र नै तयार गरेर सोही अनुसार प्रतिबद्धता गराउन निर्देशन दिएको छ । प्रतिवद्धता पत्रले व्यत्तिगत तथा सार्वजनिक जीवनमा कहीं कतै कुनै पनि प्रकारको लैगिंक हिंसा, विभेद र दुर्व्यवहार गर्ने छैन र कसैमाथि हिंसा र दुर्व्यवहार भएमा प्रतिकार गर्ने परिपत्रमा घर, समाज र राष्ट्रबाट लैंगिक हिंसा अन्त्य गर्न कटिबद्घ रही प्रतिबद्घता जनाउने लिखित प्रतिज्ञा गराएको छ ।
मन्त्रालयका सबै कमर्चारीले लिखित प्रतिवद्घता जनाएको विभाग, कार्यलय, संस्था, अस्पतालहरुमा पनि लैंगिक हिंसा हुने भएको समाचारहरु आइरहेकोले कम्तिमा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई हिंसा अथवा दुर्व्यवहार नगर्न सम्झाउन अथवा नसहने गरेको प्रतिवद्घताले प्रतिकार गर्न प्रेरित गरोस भन्ने उद्घेश्यले परिपत्र गरेको शाखा अधिकृत आचार्यले बताइन् ।
प्रतिक्रिया 4