+
+
Shares

केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १७:१५

९ असोज, हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

शनिबार हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलामा उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने बताए । हाल बागमती र प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार छ ।

अध्यक्ष नेपालले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने बताए ।

नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई तानाशाह, स्वेच्छाचारी, अंहकार र दम्भले भरिएको व्यक्ति भएको आरोप लगाए । उनले ओलीले तानाशाही प्रवृत्ति देखाएकोले विद्रोह गर्न परेको भन्दै आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोजेर पनि नभेटिने दाबी गरे ।

‘हामीले एमालेभित्र रहँदा उनको कमजोरी र गलत कार्यको विरुद्धमा पटक पटक आवाज उठायौं तर, आलोचना गर्नेलाई सिध्याउने नीति ओलीले लिए’, उनले भने, ‘आलोचना गरेका कारण हामीलाई सिध्याउन कारबाही गरेर पार्टीमा एकलौटी रुपमा अघि बढ्ने नीति लिइयो, हामीले त्यसैविरुद्ध विद्रोह गरेका हौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?