+
+

जहाँ इच्छा त्यहाँ उपाय ! सिरिञ्जको मद्दतले झिकियो कानभित्रको सिमी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते २०:१०
सिरिञ्जको सहायताले निकालिएको कानभित्र अड्केको सिमी । तस्वीर : अखण्ड उपाध्याय

२३ असोज, काठमाडौं । डोल्पामा एक बालकको कानभित्र अड्किएको सिमी सिरिञ्जको प्रयोग गरेर निकालिएको छ । कानभित्र अड्किएको वस्तु झिक्न प्रयोग गरिने उपकरण नभएपछि सिरिञ्जलाई बंग्याएर अंकुशे बनाई सिमी निकालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अखण्ड उपाध्याय, डा. राज धुरेल र पारामेडिक्स कर्ण बिकले सिरिञ्ज बंग्याएर बनाइएको अंकुशेको सहायताले ११ वर्षका बालकको कानबाट सिमीको गेडा झिकेका हुन् । बालक खेल्ने क्रममा कानमा सिमी अड्किएपछि अभिभावकले अस्पताल ल्याएका थिए ।

अस्पतालमा कानमा अड्किएको वस्तु झिक्न प्रयोग गरिने उपकरण जबसन हर्न प्रोब र क्रोकोडाइल फोरसेप नभएपछि सिरिञ्जकै मद्दतले निकालिएको डा. उपाध्यायले बताए । ‘हामीसँग जबसन हर्न प्रोब छैन, क्रोकोडाइल फोरसेप छ तर पुरानो भएर राम्रोसँग काम गर्दैन, त्यसैले सिरिञ्जको सहायताले निकालेका हौं’ उनले भने ।

बालकको कानबाट सिमी निकाल्न उनीहरुलाई आधा घण्टा समय लागेको थियो । तिखो सिरिञ्जलाई बंग्याएर कानभित्र छिराउनु जोखिमयुक्त भए पनि अरु विकल्प नभएपछि सावधानीपूर्वक प्रयोग गरेको डा. उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?