+
+
Shares

लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन गरौं : बाबुराम भट्टराई

रासस रासस
२०७८ कात्तिक १४ गते १९:३०
फाइल तस्वीर

१४ कात्तिक, लहान । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

आइतबार सिरहाको गोलबजार नगरपालिका–९ डण्डाटोलमा जसपा सिरहाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकाले संशोधन गरी सर्वस्वीकार्य बनाउनुपर्ने बताए ।

‘लोकतन्त्रमा सबै जाति, भाषा, धर्म, समुदाय र लिङ्गको राज्यसत्तामा सामानुपातिक पहुँच हुनुपर्छ,’ उनले भने । राज्यको हरेक अंगमा सामानुपातिक प्रतिनिधित्वले मात्र हिमाल, पहाड, तराईलाई एकजुट भएर अगाडि बढ्न सहयोग पुग्ने भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संविधान संशोधन गरी नयाँ संघीय व्यवस्था स्थापना गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए ।

‘आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई एक नम्बरको पार्टी बनाउन लाग्नुहोस्,’ उनले अगाडि भने, ‘तपार्इंहरू संगठन विस्तार, सुदृढीकरण र प्रचारमा जुट्नुस्, हामीले आज गरेको मेहनतले भोलि परिणाम दिने हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?