
१५ कात्तिक, जनकपुरधाम। सिरहामा किराना पसलमा लागूऔषध गाँजा बिक्री भइरहेको पाइएको छ ।
लहान नगरपालिका-९ निवासी देबनारायण चौधरीले सञ्चालन गरेको किराना पसलबाट लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजा बेच्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ९ सय ग्राम गाँजासहित पक्राउ गरेको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
यस्तै, भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु. ३ लाखभन्दा बढी मूल्यको औषधिसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
लहान नगर पालिका वडा नम्बर १९ स्थित कटहा चौकबाट १४ कार्टुनमा लिकोटोन २२५ एमएलको १ हजार ६२ बोतल औषधि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रबक्ता बुढाथोकीका अनुसार प्रदेश २-०१–००१ ह. ०६७३ नम्बरको टेम्पुमा ल्याउँदै गरेको अन्दाजी मुल्य रु. ३ लाख ३९ हजार ८ सय ४० मूल्यको औषधिसहित सिरहाको बरियारपट्टि गाउँपालिका ५ बस्ने १८ बर्षीय राकेश कुमार यादव र टेम्पु चालक लहान नगरपालिका १ बस्ने २२ बर्षीय शत्रुद्यन रामलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाईएको छ ।
प्रतिक्रिया 4