+
+

प्युठानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ११:०१

२९ कात्तिक, बुटवल । प्युठानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको मल्लरानी गाउँपालिकाको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी–३ बुकेनी भीरबाट खसेर दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा प्युठान नगरपालिका–४ खड्गडेराका १६ वर्षीय विवेक नेपाली गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि खलंगा स्वास्थ्यचौकीमा लगिएको प्रहरीले जनाएको छ ।

रुपन्देही र सिन्धुलीमा पनि एक–एक जनाको मृत्यु

यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा हिजो बेलुकी रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ पकलेका ४८ वर्षीय चन्द्र प्रसाद अर्यालको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुकी पौने ८ बजे रोकिराखेको लु २ त ९७९९ नम्बरको ट्याक्टरमा, लु ३३ प ७६१५ नम्बरको मोटरसाइकल ठोक्किंदा अर्याल गम्भीर घाइते भएका थिए ।

यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका–६ रिट्ठेगाउँमा आइतबार बेलुकी सात बजेतिर रा १ त ३१७३ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ६६ वर्षीय रमेश कार्कीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?