+
+

काठमाडौंबाहिर चिन्दैनन् भन्नेलाई महाधिवेशनमा देखाउँछु : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १४:२७

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफूलाई काठमाडौं बाहिर चिन्दैनन् भन्नेलाई महाधिवेशनमा देखाउने चेतावनी दिएका छन् ।

बिहीबार सम्पादकहरुसँगको छलफलमा उनले आफ्नो शक्ति देखेर हमला भइरहेको पनि उनले टिप्पणी गरे । ‘काठमाडौंबाहिर कसले चिनेको छ भन्नेलाई अब म देखाउँछु । प्रतिस्पर्धा गरौं । फेसबुकमा फोटो राखेर देश घुमेको मानिन्छ ?’ उनले प्रश्न गरे ।

गत सोमबार सर्लाहीमा पार्टी कार्यकर्तासँगको कुराकानीमा महामन्त्री डा. शशांक कोइरालाले काठमाडौंबाहिर प्रकाशमानलाई धेरैले नचिन्ने टिप्पणी गरेका थिए ।

त्यसको जवाफ दिँदै सिंहले काठमाडौंबाहिर चिनेको छैन भन्नेलाई देखाउने बताएका हुन् । उनले आफूले नेवारलाई मात्र हेर्छ भन्नु भ्रममात्र भएको पनि स्पष्टीकरण दिए ।

पूर्वमहामन्त्री सिंहले पार्टी संस्थागत रुपले सञ्चालन गर्न आफूले सभापतिमा उम्मेदवारी दिने बताए । आफूले ब्यक्तिमुखी भएर नभई जनता र कार्यकर्ताको सुझाव बमोजिम नीति बनाएर पार्टी सञ्चालन गर्न चाहेको पनि उनको भनाइ छ । बिहीबार नै वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा  अभिभावक भएर बस्न आग्रह गरेको पनि नेता सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?