+
+

धनुषामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १८ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १८:१२
दुर्घटनामा घाइते भएकाहरुको प्रादेशिक अस्पतालमा उपचार हुँदै ।

२ मंसिर, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

कमला नदीमा कात्तिक स्नान गर्न गइरहेका तीर्थयात्री सवार ट्याक्टर विदेह नगरपालिका–७ मा पल्टिएर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मृत्यु हुनेमा भारत सितामढीका अम्बिका देवी र रामदयाल यादव छन् । उनीहरुलाई उपचारका प्रादेशिक अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेको ट्याक्टरको नम्बर खुल्न नसकेको बस्नेतले बताए ।

धनुषाको कमला नदीमा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने भूत मेलामा सहभागी हुन आएकाहरु दुर्घटनामा परेका हुन् । घाइतेहरुका अनुसार ट्याक्टर द्रूत गतिमा चलाइएको कारण दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?