+
+

एक खर्बको निर्यातलाई चार गुणा बढाउने लक्ष्य छ : अध्यक्ष अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १९:५८

२१ मंसिर, काठमाडौं । मेक इन नेपालः स्वदेशी अभियानले वार्षिक निर्यात ४ खर्ब पुर्‍याउने नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले बताएका छन् ।

मंगलबार अभियानको आधिकारीक वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै अध्यक्ष अग्रवालले अभियानले एक खर्बको निर्यातलाई बढाएर चार गुणा पुर्‍याउने बताए । ‘यो अभियानले ५ वर्षमा कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिनेछ र निर्यात १ खर्बबाट ४ खर्ब बनाउने लक्ष्य लिएको छ,’ अध्यक्ष अग्रवालले भने ।

परिसंघले अघि सारेको ‘मेक इन नेपाल अभियान’ कार्यक्रमलाई मूर्तरुप दिन वेबसाइट र एप बनाइएको भन्दै उनले औद्योगिक उत्पादनले अर्थतन्त्रलाई चलायमान बनाउने महसुस गरेर परिसंघ यो अभियानमा लागेको बताए ।

अभियानले वर्षमा एक हजार उद्योग दर्ता, डेढ लाख रोजगारी सिर्जना गर्ने उनको भनाइ छ । नेपालीमा स्वदेशी उत्पादनमा आकर्षण सिर्जना गर्ने र औद्योगिक मैत्री वातावरण बनाउने अभियानको मुल उद्देश्य भएको परिसंघले जनाएको छ ।

अभियानमा हालसम्म ३४ वटा समूहहरु पहिचान गरिएको र यसमध्ये १० वटामा चालु आवमै काम शुरु गर्ने तयारी गरिएको परिसंघले जनाएको छ । मंगलबारबाट उक्त अभियानको ‘स्वदेशी अभियान’ नामक वेबसाइट र मोबाइल एप सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?