
काठमाडौं । लक्ष्मी बैंकले सुनसरीको इनरुवा र मोरङको उर्लाबारीमा शाखा विस्तार गरेको छ ।
सुनसरीको इनरुवा नगरपालिका–१ स्थित शान्ती चोक र मोरङको उर्लाबारी नगरपालिका–५ स्थित उर्लाबारी चोकमा आफ्नो शाखा विस्तार गरेको हो ।
लक्ष्मी बैंकले जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित सेपुखोलामा आफ्नो ९औं एक्स्टेन्सन काउन्टर समेत स्थापना गरेको छ ।
सञ्चालनमा ल्याइएका शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४० शाखा र ९ एक्सटेन्सन काउन्टर पुगेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4