+
+

दक्षिण एसियाका बालबालिका प्रकोपको उच्च जोखिममा : युनिसेफ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १२:२४

२४ मंसिर, काठमाडौं । युनिसेफले दक्षिण एसियाका सरकारहरूले कोभिड-१९ महामारी र अन्य प्रकोपका कारण बालबालिका र तिनका परिवारका तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको औंल्याएको छ ।

‘दक्षिण एसियामा बालबालिकाका लागि अवसरहरू पुनः उत्पन्न गर्ने’ नामक प्रतिवेदनले यस क्षेत्रका ६० करोड बालबालिकामध्ये सबैभन्दा सीमान्तकृत बालबालिकामा महामारीले प्रभाव पारेको उल्लेख छ ।

प्रतिवेदनले अत्यावश्यक स्वास्थ्य, खोप, पोषण, संरक्षण र शिक्षालाई प्रगतिको अवस्थामा फर्काउन नसके दशकौंसम्म जटिल प्रभाव रहिरहने बताएको छ ।

प्रतिवेदनमा दक्षिण एसियामा २५ वर्षको अवधिमा बाल मृत्युदर आधाभन्दा बढीले घटेको छ साथै पुड्कोपनाबाट पीडित बालबालिकाको संख्या पनि सन् २००० पछि एक तिहाइभन्दा बढीले घटेको उल्लेख गरिएको छ । माध्यमिक विद्यालयमा भर्ना हुने बालबालिकाको संख्या क्रमशः बढ्दै गएको छ र, १८ वर्ष नपुग्दै विवाह गर्ने बालिकाको संख्या घटेको छ । त्यसका साथै, ९० प्रतिशतभन्दा बढी जनताको सुरक्षित खानेपानीमा पहुँच छ ।

‘हामीले बाल अधिकारको विकासमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरू अहिले जोखिममा छन्’ दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लारिया-एडजेईले भनेकी छन्, ‘तत्काल ठोस कदम चाल्न असफल भयौं भने कोभिड-१९ महामारीको सबैभन्दा नराम्रो असर आगामी दशकमा महसुस हुनेछ । तर तत्काल कार्य गर्‍यौं भने दक्षिण एसियाका प्रत्येक बालबालिकाले बाँच्ने र फस्टाउने कुरा सुनिश्चित गर्न सक्नेछौं ।’

युनिसेफका अनुसार बालबालिकाको प्रगतिलाई पहिलेकै स्थितिमा लैजान गरिने तत्काल लगानीसँगै यो क्षेत्र भविष्यमा हुन सक्ने महामारीको लागि पनि तयारी अवस्थामा रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?