
काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर सर्जिओ एग्युरोले बुधबार सन्यास लिने भएका छन् ।
३३ वर्षीय एग्युरो स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भए लगतै चोट र स्वास्थ्य समस्याबाट पीडित थिए । उनले बार्सिलोनाका लागि जम्मा ५ खेल खेले । अन्तिम खेल ३० अक्टोबरमा थियो, जुन खेलका क्रममा छातिमा समस्या भएपछि उनले मैदान छाड्नु परेको थियो ।
‘बुधबार एक समारोह हुनेछ, जहाँ एग्युरोले फुटबलबाट सन्यास लिने छन्’ स्पेनिस पत्रकार एमिलियो पेरेज डी रोजासले भनेका छन् ।
पत्रकार जेरार्ड रोमेरोले एक साता अघि नै एग्युरोले सन्यास लिने निर्णय गरेको दाबी गरेका थिए, तर न्युरोलोजिस्ट राफा युस्टाले त्यसलाई अस्वीकार गरको थिए । डाक्टरले कुनै निर्णय लिन केही समय लाग्ने उनले बताएका थिए । पत्रकार रोजासले भनेका छन्, ‘तर मेरो सूचना अनुसार बार्सिलोनाले विदाइ कार्यक्रमको तयारी गरिसकेको छ ।’
प्रतिक्रिया 4