
२९ मंसिर, दाङ । नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिने उद्देश्यले दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय कार्यशाला हुने भएको छ ।
पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा पुस २३ देखि २७ गतेसम्म आयोजना गरिने कार्यशालामा निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिनेछन् ।
पाँचदिने कार्याशालामा पटकथा लेखन, निर्देशन, छायांकन र अभिनय विधामा प्रशिक्षण दिइने पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले मोफसलका चलचित्रकर्मीहरुलाई मूलधारमा जोड्न कार्यशाला महत्वपूर्ण हुने बताए । उनले भने, ‘मोफसलमा रहेका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणको राष्ट्रिय मूलधारमा जोड्न र मौलिक तथा सार्थक चलचित्र निर्माणको वातावरण बनाउन यो कार्यशाला निकै महत्त्वपूर्ण हुने विश्वास छ ।’
प्रतिक्रिया 4