
४ पुस, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहितका सबै दलको सहमतिमा सरकारले संसदबाट एमसीसी पारित गराउने दावी गरेका छन् ।
सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरुको सहमतिमा सो प्रस्ताव संसदबाट पारित हुने बताएका हुन् ।
नेपाल प्रेस युनियन, कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीमा राष्ट्रका लागि अहित हुने कुनै पनि विषय भए त्यसलाई हटाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । नेता परियारले एमसीसीको बारेमा सत्तारुढ दलहरुलाई एकढिक्का बनाएर आफ्नो पार्टीले लैजाने पनि बताए ।
‘…गठबन्धनमा रहेका सम्पूर्ण दलहरुलाई एक ढिक्का भएर मात्र होइन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको समेत सहमति गराएर मात्रै एमसीसी पास हुन्छ’ उनले भने ।
सहमहामन्त्री परियारले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच आवश्यकताको आधारमा सहकार्य हुने बताए ।
प्रतिक्रिया 4