+
+

माओवादी केन्द्र बागमती प्रदेशको नेतृत्व चुन्न निर्वाचन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १२:०४

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन हुने भएको छ । सोमबार मध्याह्न अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा निर्वाचनको तयारी गरिएको छ ।

बागमती प्रदेशका एक नेताले अनलाइनखबरसँग भने, ‘सहमति नजुटेपछि निर्वाचनमा जाने निर्णय नै गरिसकियो । अहिले हामी त्यसकै तयारीमा छौं ।’

बागमती प्रदेशको अध्यक्षमा सुरुमा ६ जनाले दाबी गरेका थिए । सोमबारसम्म आइपुग्दा काभ्रेका दिनानाथ गौतम र सिन्धुपाल्चोकका सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

अध्यक्षका एक दाबेदार भक्तपुर डिपी ढकालले सरल सहयात्रीलाई समर्थन गर्ने निर्णय गरेका छन् । अर्का दाबेदार विदुर खड्काले अध्यक्षको दाबी छाडेर कोषाध्यक्षमा उम्मेदवार बन्ने जनाएका छन् ।

खड्काले अध्यक्षसहित नौ जना पदाधिकारी निर्वाचनबाट चयन हुने बताए । प्रदेश कमिटीमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जना रहेको पदाधिकारी छ ।

बागमती प्रदेश सम्मेलन गत शनिबार उदघाटन भएको थियो । अध्यक्ष प्रचण्डसमेतको सहभागितामा नेतृत्व चयनमा सहमतिको प्रयास गरिएको थियो । तर सहमति नजुटेपछि ३० सदस्य पछि मनोनयन गर्ने गरी २४५ सदस्यीय कमिटीमात्र सार्वजनिक गरिएको थियो । ३० सदस्य मनोनित नभइसकेकाले निर्वाचनमा तिनै २४५ सदस्यहरुले भाग लिने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?