+
+

चितवनका मालपोत अधिकृत र अमिनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध सेवाग्रहीसँग घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १८:२४

९ पुस, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध सेवाग्रहीसँग घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत अधिकृत पौडेलविरुद्ध अंश बण्डा एवं बाटो कायम गरी जग्गा धनीपूर्जा बनाइदिएबापत सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोगमा विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

त्यस्तै भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत बिरेन्द्रबहादुर कठायतले सोही कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राही एक लाख ५० हजार नगद र तीन लाख ५० हजार गरी पाँच लाखको चेक लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको भन्‍दै चितवन मालपोत कार्यालयका अधिकृत पौडेलसँग ५० हजार र करारमा कार्यरत अमिन कठायतसँग पाँच लाख बिगो माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?