+
+
Shares

दूधको मूल्यवृद्धि गर्न चितवनका किसानहरूको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको मूल्य ७५ रुपैयाँ प्रतिलिटर पुर्‍याउन माग गरेको छ।
  • संघका अध्यक्ष किशोर बगालेले सरकारले मूल्य नबढाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
  • संघका अनुसार चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन हुन्छ र करिब ४० किसान यो पेशामा आबद्ध छन्।

३० कात्तिक, काठमाडौं । चितवनका दूग्ध किसानहरूले दूधको मूल्यवृद्धि गर्न माग गरेका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रने चेतावनी दिए ।

देशमा खाद्यान्न र पशु आहारको मनपरी मूल्य वृद्धिका कारण किसान मर्कामा परिरहेको उनले बताए । उनले प्रत्येक २ बर्षमा दुधको मूल्य पुनवरालोकन गर्ने व्यबस्था गरिएको भएपनि सो बिषयमा कुनै छलफल हुन नसकेको गुनासो गरे ।

पटक पटक कृषि मन्त्रालय लगाएत सरोकारवालाहरूमा ज्ञापन पत्र बुझाउँदा समेत सरकारले चासो नदिएको उनको भनाइ छ ।

हाल ६५ रूपैया प्रतिलिर बिक्री गर्दै आएको दुधको मूल्य ७५ रूपैया हुनु पर्ने माग किसानहरूको छ ।

२०७६ सालमा दुधमा आत्मनिर्भर जिल्ला घोषणा भएको चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ भने करिब ४० किसानहरू यो पेशामा आवद्ध रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?