+
+

बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि सिरहाका सन्तोष साहलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते ८:३७

१३ पुस, काठमाडौं । मास्टर सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि प्राप्त गरेका छन् । सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराउँदै उनले उपाधि जितेका हुन् ।

विगतका शृंखलामा अन्तिम चरणसम्म पुगेका चार प्रतिस्पर्धीलाई उनीहरुको खाना र करियरले कति प्रगति गरेको छ भनेर देखाउनको लागि मास्टर्ससेफ रिम्याच प्रोफेसनल कार्यक्रम आयोजना गरिन्छ । यो कार्यक्रममा ४ जना प्रतिस्पर्धीहरु थिए ।

उनका प्रतिस्पर्धीहरुमध्ये जामिया पार्क बीबीसी मास्टरसेफ २०१७ को सिजनका अन्तिम प्रतिस्पर्धी थिए भने बाँकी दुई फिली आर्मिटेज र बार्त धान डेर ली २०२० को अन्तिम सिजनका प्रतिस्पर्धी हुन् । साह २०२० को सिजनमा मास्टर्ससेफ प्रोफेसनको दोस्रो हुन सफल भएका थिए ।

उनले यो प्रतिस्पर्धामा विभिन्न प्रकारका भेगन खाना पनि प्रस्तुत गरेको अनलाइनखबरलाई जानकारी दिए । जसमा १८ वटा परिकार तयार पारिएको थियो । त्यस्तै, उनले तयार पारेको खानामा ग्रीन बनाना करी, भात, प्याजको सलाद, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेको बीबीसी वानद्वारा प्रसारित सामग्रीमा उल्लेख छ ।

गत वर्ष ३२ जना प्रतियोगी सहभागी रहेको बीबीसी मास्टरसेफ द प्रोफेसनल २०२० को दोस्रो स्थानको उपाधि हासिल गरेका थिए । यो उपाधि हात पार्ने उनी पहिलो नेपाली हुन् । ग्राण्ड फिनालेमा पुगेका सन्तोषले प्रतियोगिताभर नेपाली खाना बनाएर निर्णायकहरुको मन जितेका थिए । उनले कोदोको खिर, यमोरी, पुरीलगायत हिमाल, पहाड र तराई सबैको प्रतिनिधित्व गर्ने खाना बनाएर निर्णायकहरुलाई पस्किएका थिए ।

उनले यस पटकको प्रतियोगितामा भने भेगन खानाको साथमा तराईमा प्रचलनमा रहेको खाद्य परिकारलाई पनि समेट्न सकेकोमा खुशी लागेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?