+
+

ओलीमा प्रचण्डको टाउकोमा चढेर अग्लो हुने सोच रहेछ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते १५:०९

२४ पुस, कामठाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थका लागि मात्र एमाले र माओवादी केन्द्रको एकता गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टाउकोमा टेकेर अग्लो हुने चाहनामा मात्र पार्टी एकता गरेको टिप्पणी गरे ।

‘हामी पहिले खुसी भएका थियौं । दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी । देशका मुख्य बाम घटकका नेताहरु एक ठाउँमा आउने भए’ उनले भने, ‘…हामी प्रफुल्ल भयौं तर त्यो उद्देश्य अर्कै रहेछ । त्यो उद्देश्य भनेको प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूलाई सिँढीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति ।’

अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली जथाभावी बोल्दै हिँडेको पनि बताए । ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उनको भनाइ छ ।

ओलीले अहिले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको नेता नेपालले टिप्पणी गरे । ‘अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन, केपी ओलीका लागि । विदेशीहरु प्यारा छन्, उनका लागि’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?