+
+

प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १६:४०

२७ पुस, जनकपुरधाम । प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने भएको छ । आगमी माघ ३ गते मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा सबै राजनीतिक दलका सांसद् सहभागी भएको संसदीय समिति गठन भएको थियो । तर, समितिमा पटक-पटक छलफल गरे पनि सहमति हुन नसक्दा मतदान हुने भएको हो ।

संसद सचिवालयका सचिव रंजित यादवले नाम र राजधानीका लागि माघ ३ गते निर्वाचन हुने जानकारी दिए । प्रदेशको नामाकरणका लागि सत्तारुढ जसपा र माओवादीले मधेश प्रस्ताव दर्ता गराउँदा विपक्षी दल लोसपाले पनि यसमा सहमति जनाएको छ । नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले प्रदेशको नाम जानकी हुनुपर्ने प्रस्ताव दर्ता गराएको छ । नेपाली कांग्रेसले मिथिला भोजपुरा दर्ता गराएको छ ।

प्रदेशको राजधानीका लागि जनकपुरधाम र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले राजनीतिक सहमति खोज्ने प्रयास भए पनि हुन नसकेको बताए । उनले नेकपा एस र नेकपा एमाले तथा कांग्रेस आफ्नो अडानबाट पछि नहटेको उनको भनाइ छ ।

सहमति नभएपछि हुने मतदान पनि बहुमत नपुग्ने सम्भावना देखिन्छ । यसअघि २०७६ साल चैतमा भएको मतदानमा पनि बहुमत पुगेको थिएन । प्रदेशको नाम र राजधानी टुङ्ग्याउन कूल सांसद् १०४ जनाको दुई तिहाई मत चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?