+
+

यमनमा हवाई कारबाहीमा हुथीका कमाण्डरसहित २० जना मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १३:१९

५ माघ, काठमाडौं। साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा गरेको हवाई हमलामा हुथीका एक कमाण्डरसहित २० जनाको ज्यान गएको छ ।

मंगलबार यमनको राजधानी सानामा गरेको गठबन्धन सेनाको हवाई हमलामा परी २० जना मारिएको टीआरटी समाचार माध्यमले जनाएको छ।

हवाई हमलामा हुथी लडाकु संगठनको वायु सेनाका जर्नेल अब्दुल्लाह कासिम अल जुलाइदको समेत मृत्यु भएको समाचारमा उल्लेख छ ।

हुथीको सञ्चालन गर्दै आएको साबा समाचार माध्यमले समेत साउदी हवाई हमलामा जुनाइदसहित उनकी श्रीमति र छोरा मारिएको पुष्टि गरेको छ ।

सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा हुथीले ड्रोन हमला गरलगत्तै गठबन्धन सेनाले सानामा हवाई हमला गरेको हो । अबुधाबीमा भएको ड्रोन हमलामा २ भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

अबुधाबीको मुसफ्फह क्षेत्रको एक तेल भण्डारण केन्द्रका ३ वटा तेल ट्याङ्कर र अबुधाबी विमानस्थल नजिकैको एक निर्माण स्थलमा भएका दुबै हमलाको जिम्मा हुथीले लिएको थियो । लगत्तै यूएईले ड्रोन हमलाको बदला दिने चेतावनी दिएको थियो ।

पछिल्लो समय युएईले यमनमा हुथीसँग लडिरहेका फौजलाई सहयोग गर्दै आएको छ । यूएईमा भएको पछिल्लो ड्रोन हमलापछि यमनमा जारी युद्धले नयाँ मोड लिन सक्ने विश्लेषण हुन थालेको छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?