+
+

‘कर्कलो कोक्याउला’को अडियो भिडियो प्रहरीलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १३:०९
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गीतको अडियो भिडियो हस्तान्तरण गर्दै कलाकार हरिवंश आचार्य

१८ माघ, काठमाडौं । चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने गीत ‘कर्कलो कोक्याउला’को अडियो भिडियो प्रहरीलाई हस्तान्तरण गरिएको छ । शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत, स्वर र अभिनय रहेको उक्त गीतको अडियो भिडियो प्रहरीलाई प्रदान गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीलाई कलाकार हरिवंश आचार्यले गीतको श्रव्य दृश्य सामग्री हस्तान्तरण गरे ।

समाजमा परिवर्तित शैलीबाट चेलीबेटी बेचबिखनका घटना अझै भइरहेका छन् । यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानव बेचबिखनका घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यो श्रव्य-दृश्य सामग्रीलाई प्रहरी कार्यालयहरुले आ-आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा प्रचारप्रसार गर्नेछन् ।

सुरक्षा पन्तको पटकथा, सुशील सापकोटाको छायांकन रहेको ‘कर्कलो कोक्याउला’लाई मानव सुवेदीले सम्पादन तथा निर्देशन गरेका हुन् । भिडियोमा हरिवंश र स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन् । साथमा श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?