+
+

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते २०:५४

६ फागुन, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बहुप्रतिक्षित क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) शुक्रबारबाट सुरु भएको छ ।

एरोथाइको प्राविधिक सहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरी विमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलेन्समा जडित उपकरणले काम गरे नगरेको चेकजाँच गर्नेछ ।

विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले दैनिक ५ देखि ६ घण्टा क्यालिब्रेसन फ्लाइट हुने बताए । एरोथाइको टोली फेब्रुअरी २७ तारिखसम्म भैरहवा रहने छ ।

एरोथाइका पाइलट, को-पाइलटसहित सातजना प्राविधिकटिम सहित क्यालिब्रेसन फ्लाइट शुरु भएको गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल आईसीबी २ का आयोजना प्रमुख प्रवीण न्यौपानेले बताए ।
क्यालिब्रेसन फ्लाइट लगत्तै कम्तीमा ४२ दिन र बढीमा ५६ दिनपछि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरिने प्राधिकरणको भनाइ छ ।

गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले ठेक्का पाएर २०७१ माघ १ देखि काम सुरु गरेको थियो । २ वर्षमा पूरा गर्ने भनिएको विमानस्थल निर्माणको काम सात पटक म्याद थपेर २०७८ माघमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?