
१५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले ६ जना पदाधिकारी मनोनयन गरेका छन् ।
अध्यक्ष थापाले कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ, प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित गरेका छन् ।
त्यस्तै, तीन सहमहामन्त्रीमा हिक्मतबहादुर ढकाल, तेजकुमार कुरुम्वाङ र आइतराम तामाङलाई मनोनित गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षमा पराजित भएपछि थापाले गत फागुन ७ गते राप्रपा नेपाल पुनर्गठन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4