
२८ भदौ, काठमाडौं । नेपालको स्विट्जरल्यान्ड भनेर चर्चा गरिने जिरी खासमा आफैंमा अतुलनीय र सुन्दर छ । दोलखाको यो सुन्दर बस्ती अनि प्राकृतिक हरियाली ठाउँ जिरी नेपालका अल्पसंख्यक जिरेल समुदायको बसोबास क्षेत्र पनि हो ।
यही जिरीको इतिहास र अनि वर्तमानलाई विभिन्न ६ कलाकारहरुले आआफ्नो स्केचमा सजाएका छन् ।
काठमाडौं नयाँबानेश्वरको एनबी सेन्टरस्थित उमोजा क्याफेमा यो प्रदर्शनी चलेको छ । केशवराज खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले बनाएका सुन्दर क्यानभासमा जिरीको स्थान, नाम, पात्र सबै वर्णित छ ।
आयोजक लीलाराम खड्काका अनुसार आइतबारसम्म चल्ने प्रदर्शनीमा ३६ वटा चित्रहरु बिक्रीमा समेत राखिएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4